श्रावण ३०/धनगढी
नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सचिवालयको बैठक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा सम्पन्न बैठकले सुदूरपश्चिम प्रदेशमा पार्टी योजना कार्यान्वयनको समीक्षा ,जनश्रममा सहभागीता सहित नयाँ योजना निर्माण गर्दै बैठक सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशमा बजेटशुन्यताको अवस्था सिर्जना हुनु संसदीय व्यवस्थाको विकृत रूप भएको निष्कर्षसहित यसको समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारलगायत सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। एमसीसी नेपालको राष्ट्रियतामाथि गम्भीर षडयन्त्र भएको र एमसीसी कार्यान्वयनका नाममा अमेरिकी हस्तक्षेप बढेको निष्कर्षसहित हस्तक्षेप विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले जानकारी दिए।
प्रदेशमा योजना तथा अनदान बाँडफाँडमा हुने गरेको अनियमितता नियन्त्रण ,लघुवित्त ,मिटरब्याज र सुकुम्बासी समस्या समाधानका लागि संघर्ष गर्ने निर्णय गरेको प्रदेश कार्यालय सचीव समर सीले जानकारी दिए।