'अब सार्वजनिक बिदाको दिन पनि अस्पताल खुल्ला रहने'

भाद्र १६/काठमाडौं

विज्ञापन
No data was found

सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

विज्ञापन
No data was found

 

विज्ञापन
No data was found

 

गृह मन्त्रालयले जारी गरेको सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ ।

 

 

सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा समेत सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

 

 

अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह नभएको पाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्न भनिएको छ । मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

 

 

विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवा लगायत सेवा सार्वजनिक बिदाको दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न दिएको निर्देशन कार्यान्वयन गर्ने बताए ।

 

‘हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा गरेका छौं,’ उनले भने, ‘सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौं ।’

 

उनले सार्वजनिक दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न