'७५३ पालिकामै आपतकालीन गोदामघर व्यवस्थापन गरिने'

काठमाण्डौ – गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित ७५३ पालिकामा आपत्कालीन गोदामको व्यवस्थापन गर्ने भएको छ ।

विज्ञापन
No data was found

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वायत्मक रूपमा काम गर्ने निर्णय गरेको छ ।

विज्ञापन
No data was found

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा मागअनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । यस्तै पछिल्लो समय बढ्दै गएको लागुऔषध दुर्व्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराधलगायत सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने निर्णय भएको छ ।

विज्ञापन
No data was found

प्रहरी समायोजन कार्यलाई निष्कर्षमा पुर्‍याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारी कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढाउने निर्णय भएको गृह मन्त्रायलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न