'तीन वटा प्रदेशको केही ठाउँमा वर्षा : आज दिउँसो पनि पहाडी क्षेत्रमा थोरै ठाउँमा पानी पर्ने सम्भावना'

काठमाडौं। आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।

विज्ञापन
No data was found

अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

विज्ञापन
No data was found

आज दिउँसो पनि देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार हिमाली थोरै ठाउँमा हिमपातको पनि सम्भावना छ । भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

प्रि–मनसुनको यो बेलामा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने गर्दछ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न