'पश्चिमी क्षेत्रमा बिहानैदेखि हल्का वर्षा, केही दिनसम्म देशभर पानी पर्ने सम्भावना'

काठमाण्डौ – पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

विज्ञापन
No data was found

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमी क्षेत्रका धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

हिजोजस्तै आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

विज्ञापन
No data was found

कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी भू–भागका केही ठाउँमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी , गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले केही दिनसम्म काठमाण्डौ उपत्यकासहित देशैभरि हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय रहने मौसमविद अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न