काठमाण्डौ – माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते हुनुभएको छ ।
विज्ञापन
No data was found
ललितपुरको खुमलटारमा रहेको निवासमा उहाँ गएराति सुत्नुअघि शौचालयमा लड्नुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।
विज्ञापन
No data was found
उहाँको निधार र टाउकोमा सामान्य चोट लागेको छ । उपचारपछि ‘प्रचण्ड’ गएराति नै निवास फर्किनुभएको थियो ।
विज्ञापन
No data was found
प्रचण्ड आज बिहानैदेखि भेटघाटमा व्यस्त रहेको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।