तेजेन्द्र विक्रम शाही दैलेख
सामाजिक सेवा अध्ययन केन्द्र (SWI) ले यसअघि जेठ ६ गतेदेखि सञ्चालन गर्ने भनेको नौ महिने सामाजिक कार्यकर्ता तालिम २०२५ को मिति परिवर्तन गरी जेठ १२ गतेदेखि सञ्चालन गर्ने तालिम केन्द्रले जनाएको छ।
तोकिएको समयमा नै विविध कारणले तालिम सञ्चालन गर्न नसकेको भन्दै तालिम केन्द्रले एक सूचना जारी गर्दै तालिम मिति परिवर्तन भएको जनाएको छ सूचनामा भनिएको छ।

सूचना
“सामाजिक सेवा अध्ययन केन्द्रले आयोजना गरेको नौ महिने सहायक सामाजिक कार्यकर्ता तालिम यही २०८२ जेष्ठ १२ गते देखि संचालन हुन गइरहेको सवैमा जानकारी गरिन्छ । सवै सहभागीहरुमा समयमा नै तालिममा उपस्थित हुन अनुरोध गरिन्छ ।
तालिम तालिका
छात्र/छात्रावासमा आईपुग्नु पर्ने मितिः २०८२ जेष्ठ ११ गते अभिमुखिकरण कार्यक्रम मितिः २०८२ जेष्ठ १२ कक्षा संचालन मितिः २०८२ जेष्ठ १३ गते
धन्यवाद ।
तालिम शाखा”
स्थापना काल देखि नै नेपालका ७७ जिल्लाका हजारौं युवाहरूलाई यस्तै सामाजिक सहजकर्ता तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरिसकेको सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर महानगरपालिका ४ नखु ले यस वर्ष पनि सिटिइभिटिवाट मान्यता प्राप्त नौं महिने सहायक सामाजिक कार्यकर्ता तालिम कार्यक्रम २०२५ सञ्चालन गर्दैछ।
यस्तै तालिमबाट युवाहरूलाई दक्ष बनाई समाज परिवर्तन गर्ने लक्ष्यले तालिम सञ्चालन गर्दै आएको तालिम केन्द्रको दाबी छ।
यस तालिमको अवधिभर ४ महिना सैद्धान्तिक र पाँच महिना entranship गरी नौ महिनाको तालिम रहदछ। जसमा सहभागीहरुले चार महिना तालिम केन्द्र मा र पाँच महिना आफ्नै स्थानीय तहमा गएर सिक्नुपर्दछ।
साथै तालिम केन्द्रले सबै सहभागीहरूलाई समयमै उपस्थितिका लागि समेत अनुरोध गरेको छ।