'रुसले युक्रेनमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण'

रुसले युक्रेनमा एकैरातमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले जनाए अनुसार रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन् ।

विज्ञापन
No data was found

बितेको ४८ घण्टाको अवधिमा रुसले युक्रेनमाथि ठूलो स्तरमा गरेको यो दोस्रो ठूलो आक्रमण हो । लडाइँ अन्त्य गर्ने दुई देशबीचको वार्ता कैदी साटासाटको विषय टुङ्गिएपछि रुसले हिजो गरेका आक्रमणहरूमा युक्रेनभरि १३ जनाले ज्यान गुमाएका थिए ।

विज्ञापन
No data was found

रुसले युद्धविराम गर्ने प्रस्ताव स्वीकार गरेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण थालेपछि रुसले अहिले युक्रेनको झन्डै २० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरेको छ । त्यसमा युक्रेनको दक्षिण प्रायद्वीप क्राइमिया पनि पर्छ जसलाई रुसले सन् २०१४ मा आफूमा गाभेको थियो ।

विज्ञापन
No data was found

युक्रेनी हवाई बलका अनुसार हिजो बिहान ८ बजेर ४० मिनेटयता रुसले विभिन्न किसिमका ३ सय ६७ वटा क्षेप्यास्त्र, तथा ड्रोनहरू प्रयोग गरी आक्रमण गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

दैलेखमा यात्रु बोकेको अटो पल्टिदा एक महिला घाइते

2

गोल्डेन-गेट एजुकेसन प्रा.लि. द्वारा लोकसेवा तयारी कक्षासम्बन्धी प्रतियोगिता सञ्चालन हुने

3

असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस

4

टिप्परले घरमा ठक्कर दिँदा पाँच जना गम्भीर घाइते

5

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

6

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

7

दैलेखमा कसले ल्यायो कति बजेट? सार्वजनिक विवरण यस्ता छन्

No data was found
यो पनि पढ्नुहोस

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १७औं नगर अधिवेशन उद्घाटन सम्पन्न