पञ्चकोशी संवाददाता दैलेख । दुल्लू अस्पतालमा स्वास्थ्य सामग्री अभावका कारण सेवा प्रभावित भएको छ। अस्पतालमा रहेको १५/१५ पिस मास्क र ग्लोभ्स सकिएपछि स्वास्थ्यकर्मीहरू जोखिममा परेका छन्।
विज्ञापन
No data was found
अस्पतालका डा. रहिश कोजुका अनुसार व्यक्तिगत सुरक्षा सामग्री नहुँदा उपचारमा कठिनाइ भइरहेको छ। “जनताको सेवा गर्नुपर्ने अस्पतालमा मास्क र ग्लोभ्स नै छैन भने कसरी सेवा दिनु?” डा. कोजुले गुनासो गरे।
विज्ञापन
No data was found
यता, अस्पताल वरपर सरसफाइ अभियानका लागि मास्क लिन पुगेका कर्णाली युवा संघका अध्यक्ष ललित थापा पनि खाली हात फर्किनु परेको छ। स्वास्थ्य सेवा र सरसफाइ जस्ता कार्यमा सामग्री अभाव हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका छन्।
विज्ञापन
No data was found